तुलसीपुर, ७ कात्तिक । सल्यानको कपुरकोटमा भएको जीप दुर्घटनामा परी घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका १ थारमारे बस्ने वर्ष १८ का आशिष बस्नेत रहेको प्रहरीले जनाएको छ । घाइते बस्नेतलाई उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी कपुरकोट गाउँपालिका ४ डाँडापानी निवासी ३० वर्षिया बबिता रेउले र वागचौर नगरपालिका वडा नं. १ का  १४ वर्षीय आयुष बस्नेतलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गभ्मीर घाइते बबिता रेउलेकी ११ वर्षीया छोरी एशिका रेउले पनि घाइते हुनुहुन्छ ।

त्यसैगरी अन्य घाइते हुनेहरुमा बागचौर नगरपालिका २ बस्ने २० वर्षीय चालक हिक्मत पुन मगर, बागचौरकै १९ वर्षीय अर्जुन के.सी., वर्ष २२ का मनोज बस्नेत, वर्ष २७ की सीता ओली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

विहान करिव ७:५० बजे कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा भे १ ज १८९० नम्बरको डबल क्याप जीप सडकबाट झण्डै १०० मिटर तल खसी दुर्घटना भएको थियो ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस