दाङ, १४ कात्तिक । मुद्रण उद्योग संघ दाङको अध्यक्षमा घोराहीका दीपकराज आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ । घोराहीमा राज अफसेट प्रिन्टर्स सञ्चालन गर्दै आउनुभएका आचार्य शनिवार सम्पन्न संघको तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

संघको निवर्तमान अध्यक्षमा प्रेमप्रसाद सुवेदी रहनुभएको छ । त्यस्तै उपाध्यक्षमा शालिकराम बस्नेत र उदयराम आचार्य, सचिवमा पोषणराज पौडेल, सहसचिवमा सञ्जय गुप्ता, कोषाध्यक्षमा पुरन चौधरी निर्वाचित हुनुभको छ । त्यसैगरी सदस्यहरुमा पदमबहादुर वली, ईश्वर बस्नेत, रोशनकुमार चौधरी, दीपक खड्का, नारायण पोख्रेल, शिवचन्द्र डाँगी रहनुभएको छ । संघको सल्लाहकारमा प्रताप रेग्मी, संघका प्रदेश कोषाध्यक्ष गिरिराज आचार्य र प्रदेश सदस्य गजेन्द्रबहादुर वली रहनुभएको छ ।संघका अध्यक्ष प्रेमप्रसाद सुवेदीको अध्यक्षता एवं मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष विष्णु तिवारीको प्रमुख आतिथ्यतामा भएको स‌ंघको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तिवारीले स्थानीय सरकारबाट हुने छपाईको काम स्थानीयस्तरमै हुनुपर्ने धारणा राख्नुभयो । छपाईका कामहरु जिल्ला बाहिर जाँदा मुद्रण व्यवसायी समस्यामा परेको भन्दै अध्यक्ष तिवारीले त्यसका लागि खबरदारी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संघका प्रदेश अध्यक्ष कृष्ण पराजुली, संघका दाङ सल्लाहकार प्रताप रेग्मी, लुम्बिनी प्रदेश कोषाध्यष गिरिराज आचार्यलगायतले मन्तव्य राख्नुभएको थियो ।

उक्त अवसरमा स्थापनाकालदेखि निरन्तर मुद्रण पेशामा लागेका नारायणप्रसाद शर्मा, रामप्रसाद पौडेल, डोमलाल पौडेल र चिन्तामणि आचार्यलाई कदरपत्र र दोसल्लाले सम्मान गरिएको थियो । हरिभक्त डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन दीपकराज आचार्यले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस