दाङ, २२ कात्तिक । सल्यानको कालिमाटीदेखि दाङ तुलसीपुर आउँदै गरेको भे १ ज ५२२ नम्बरको यात्रुबाहक जिप दुर्घटना भएको छ । सोमबार बिहान ९ बजेतिर सल्यान र दाङको सिमानास्थित एक्लेवर नजिक जिप दुर्घटना भएको थियो ।

दुर्घटनामा परी सल्यान कालिमाटी ३ चौरी बस्ने अन्दाजी ४५ वर्षीय देवबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको  ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैइरहेको छ ।

घाइतेहरुको विवरण:
१. जि दाङ्ग दंगिशरण २ दंगालपुर बस्ने बर्ष ३० कि पार्बति ओलि टाउकोमा गहिरो चोट बायाँ हात भाचिएको अवस्था सिरियस ।
२.सल्यान कालिमाटी ३ सिमलकुना बस्ने बर्ष २८ कि रिता खत्री टाउको र दुबै खुट्टामा चोट मध्यम
३. ऐ. बस्ने बर्ष २९ को रेशम बुढाथोकी टाउकोमा चोट अवस्था मध्यम ।
४. ऐ बस्ने बर्ष १८ को खिमराज बुढाथोकी दाहिने खुट्टा बायाँ हात र कुममा चोट मध्यम ।
५. जि दाङ् बबई २ बगाले बस्ने बर्ष २३ कि पबित्रा ओलि टाउको र दुबै खुट्टामा चोट मध्यम ।
६. निजको छोरा बर्ष ३ को दिनेश ओलि टाउकोमा भित्री चोट अवस्था मध्यम ।
७. कालिमाटी ३ कालाखोला बस्ने बर्ष अं ५/६ को प्रशान्त राना अनुहार र शरीरमा भित्रि चोट अनुहार र शरिरमा चोट मध्यम ।
८. बबई २ बस्ने बर्ष ३२ कि कमला बस्नेत दाहिने हात खुट्टा र टाउकोमा चोट मध्यम ।
९. तुल्सिपुर १५ बस्ने बर्ष १० को प्रसान्त खत्री शरिरमा चोत मध्यम ।
१० . बाके राप्ती सोनारी ९ बस्ने बर्ष ३५ कि पबित्रा बुढाथोकी टाउको मुखमा चोत मध्यम ।
११. कालिमाटी ३ बस्ने बर्ष १७ कि सपना ओलि छाती टाउको र खुट्टा मा चोत मध्यम ।
१२. शान्तिनगर ४ बस्ने बर्ष ५५ कि खली ओलि बायाँ आखामा र ढाडमा चोत मध्यम ।
१३. बाके को पु न पा ४ बस्ने बर्ष ३२ कि दिपा ओलि मुख टाउको र कम्मरमा चोत मध्यम ।
१४. निजको छोरी बर्ष १५ कि संगिता बुढाथोकी छाती कम्मर र खुट्टामा चोत मध्यम ।
१५ . निजको छोरी बर्ष ८ कि अपेक्षा बुढाथोकी छाती र खुट्टा मा चोट सामान्य ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस