तुलसीपुर, २२ कात्तिक । दाङमा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते एक महिलालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी दंगीशरण गाउँपालिका वडा नं. २ की ३० वर्षीया पार्वती वलीलाई उपचारका लागि काठमाडौँ लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

सल्यानको कालिमाटीदेखि दाङ तुलसीपुर आउँदै गरेको भे १ ज ५२२ नम्बरको यात्रुबाहक जिप आज बिहान ९ बजेतिर सल्यान र दाङको सिमानास्थित एक्लेबर नजिक दुर्घटना भएको थियो । दुर्घटनामा परी सल्यान कालिमाटी ३ चौरी बस्ने अन्दाजी ४५ वर्षीय देवबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए । घाइते १८ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisements
Advertisement Here

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस