सत्तारुढ गठबन्धनको बैठकको फाइल तस्वीर ।

काठमाडौं, २२ कात्तिक । सत्तारुढ दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनाउने भएका छन् । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको सोमबार साँझ बोलाइएको बैठककमा यसबारे छलफल हुने नेताहरुले बताएका छन् ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको शीर्ष नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी थियो तर त्यसको विरोध भएपछि समन्वय समिति बनाउन लागिएको एक नेताले बताए । उनले भने, ‘शीर्ष नेताहरु पनि बस्नुहुन्छ । हरेक दलबाट सम्भवतः ३/३ जना रहन्छौं होला ।’

गठबन्धनका पाँचमध्ये चार दल सरकारमा छन् भने राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी छैन । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समानवादी र जनता समाजवादी पार्टीका नेताहरु रहेको कार्यदलले सरकार सञ्चालनसम्न्धी कार्यविधिको मस्यौदा समेत बनाइसकेको छ ।

अनलाइन खबरबाट

Advertisements
Advertisement Here

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस