दाङ, ३ पुस । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी राष्ट्रिय उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल जेसिजले हरेक बर्ष प्रदान गर्ने उत्कृष्ट युवा पुरस्कारमध्ये यस वर्ष सूचना तथा सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए वापत केसीलाई सम्मान गरिएको हो ।

नेपाल जेसिजको बिहीबार पोखरामा सम्पन्न ४८ औं राष्ट्रिय अधिवेशन उद्घाटन कार्यक्रमका अवसरमा केसीलाई स्वर्णपदकसहित नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

उक्त अवसरमा केसीका साथै गायक प्रकाश सपुत लगायत अन्य बिभिन्न विधामा योगदान गरेका १० युवाहरुलाई सम्मान गरिएको थियो । केसी दुई दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । हाल कान्तिपुर दैनिकका उपसम्पादक रहेका केसी ग्रामिण क्षेत्रका खोजमुलक सामग्री लेखनमा रुची राख्छन् । पुरस्कार वितरण कार्यक्रममा केसीको चिनारी समेटिएको भिडियो प्रदर्शन गरिएको थियो ।

देशभरका शाखाहरुबाट सिफारिश भएका नामहरुबाट उत्कृष्ट युवा छनौट समितिले पुरस्कारका लागि १० युवाहरु छनौट गरेको थियो । दाङका युवा पत्रकार सम्मानका लागि छनौट भएकोमा त्रिभुवननगर जेसिजका अध्यक्ष मुकेश शर्माले खुशी व्यक्त गरे । शर्माको उपस्थितीमा केसीलाई सम्मान गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस