काठमाडौँ, भदाै १३ । प्रतिनिधि सभाको आजको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भएको छ।

संघीय संसद् सचिवालयका अनुसार बैठकमा सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी सभामुख देवराज घिमिरेले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्य परिवर्तनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२ माथि छलफल गर्न प्रस्ताव राख्नेछन्।

यससँगै सोही विधेयक पारित गर्ने सम्बन्धी प्रस्ताव पनि मन्त्री अधिकारीले प्रस्तुत गर्ने कार्यसूची बैठकमा समावेश गरिएको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस