जेठ १९, सोमबार — भारतमा दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ३० जनाको ज्यान गएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार बाढी र पहिरोका कारण असम राज्यका १५ जिल्लामा करिब एक लाख मानिस प्रभावित भएका छन्। असमको ब्रह्मपुत्र नदीसहित १० वटा प्रमुख नदीहरूको जलस्तर वृद्धि भएको छ भनी केन्द्रीय जल आयोगले जनाएको छ।

अविरल वर्षाका कारण असमका १२ जिल्लाका १७५ गाउँ डुबानमा परेका छन्। अत्याधिक वर्षाले गर्दा सडक तथा रेल सेवा समेत अवरुद्ध भएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस