जेठ २४, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न तयार पारिएको शिक्षा विधेयक २०८० आउँदो असार १५ गतेसम्म प्रतिनिधिसभाबाट पारित हुने दाबी गर्नुभएको छ।
प्रारम्भिक बाल विकासका लागि सांसदहरूको सहकार्य तथा समन्वय समूहले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पन्तले विधेयक पारित गर्न सरकार तीव्र गतिमा कार्यरत रहेको जानकारी दिनुभयो। उहाँले शिक्षा विधेयकमा सबै पक्षका जायज माग समेटिने उल्लेख गर्दै, शिक्षकहरूका मागअनुसार दरबन्दी मिलान र विद्यालय गाभ्ने काम मन्त्रालयबाट अगाडि बढाइएको बताउनुभयो।
मन्त्री पन्तका अनुसार, शिक्षकहरूसँग भएको नौ बुँदे सहमति साउनदेखि लागू गरिने छ।












