घाेराही, साउन २१ । कैलालीको भजनी र टीकापुर नगरपालिकाबाट घोराही उपमहानगरपालिकामा अध्ययन अवलोकनका लागि आएका जनप्रतिनिधि र कर्मचारीलाई स्वागत गर्दै असल अभ्यासका अनुभवहरू आदानप्रदान गरिएको छ।
घोराही उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख हुमाकुमारी डिसी र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले भजनी नगरपालिकाका प्रमुख केवल चौधरी र टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुसहित जनप्रतिनिधि तथा कर्मचारीलाई स्वागत गर्नु भएकाे हाे ।
विशेषगरी घोराही उपमहानगरपालिकाले निर्माण गरेका कृत्रिम जलाशयको अवधारणा, निर्माण, उपयोगिता र प्रभावकारिताबारे अध्ययन गर्न दुवै नगरपालिकाका प्रमुखसहितको टोली आएको हो।
सो अवसरमा कार्यवाहक प्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी र इन्जिनियर मधुसुदन खतिवडाले कृत्रिम जलाशयको अवधारणा, हालको फाइदा तथा नगरका अन्य असल अभ्यासका विषयमा जानकारी गराउनु भएकाे हाे ।












