दाङ, साउन २३ । लमही नगरपालिकाकाे कक्षा ५ र ८ का लागि प्रकाशित ‘हाम्रो लमही’ पुस्तकमा व्याकरण, वाक्य संरचना र स्थान नाममा त्रुटि भेटिएको शिक्षक र अभिभावकहरूले बताएका छन्। “गरिएको हो भनाइ रहेको छ” जस्ता वाक्य अशुद्ध रहेको भाषाविद्हरूको टिप्पणी छ।
शिक्षकहरूले यस्तो त्रुटिपूर्ण सामग्रीले विद्यार्थीको भाषिक क्षमता कमजोर पार्ने चेतावनी दिएका छन्। पुस्तकमा नगर क्षेत्रअन्तर्गत नभएका स्थानका नामसमेत समावेश भएको आरोप छ।
शिक्षा शाखा प्रमुख भवानी गिरीका अनुसार, पहिलो संस्करण भएकाले कमजोरी देखिएको र विद्यालयबाट आएका सुझावका आधारमा संशोधन गरिनेछ। पुस्तक सामुदायिक विद्यालयलाई निःशुल्क र संस्थागत विद्यालयलाई शुल्कसहित वितरण गरिएको छ।












