काठमाण्डौ, ११ असाेज । जाजरकोटमा एकै घरका दिदीबहिनीको पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ज्यान गएको छ । स्थानीय समाकोट खोलामा हिजो दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोटका धनबहादुर सिंहका छोरीहरु १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
पौडी खेल्ने क्रममा बगेका उनीहरूको शव खोलाको झन्डै दुई सय मिटर तल फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।












