घोराही, ८ चैत्र । घोराही उपमहानगरपालिका आफैले सञ्चालन गरेको कक्षा ८ को जिल्लास्तरीय परीक्षाको नगर प्रमुख नरुलाल चौधरी सहितको टोलीले निरीक्षण गरेको छ ।

बिहीबारदेखि सुरुभएको कक्षा ८ को जिल्लास्तरीय परीक्षाको नगर प्रमुख चौधरीसहित उपमहानगरका शिक्षा शाखाका प्रमुख नारायणप्रसाद पौडेल, रझेना स्रोत केन्द्रका स्रोत व्यक्ति रामप्रसाद जैशी र उपमहानगरका प्रेस संयोजक निमुसंगम घर्तीले अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।

बिहीबार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । टोलीले मावि रझेना, गंगा मा.वि. रामपुर, जनता मा.वि. बुवा र आधारभूत विद्यालय सिमलतारामा सञ्चालित परीक्षाको निरीक्षण गरेको हो ।

परीक्षा मर्यादित र शान्तपूर्वक सञ्चालन भएको निरीक्षणका क्रममा पाइएको नगर प्रमुख चौधरीले बताउनुभयो । स्थानीय तहहरुको गठनपश्चात् कक्षा ८ को परीक्षा उपमहानगरपालिकाले नै सञ्चालन गरेपछि त्यसलाई मर्यादित र शान्त बनाउन सबै परिक्षा केन्द्रहरुको परीक्षा अवधिभर अनुगमन गरिने उहाँको भनाइ छ ।

घोराही उपमहानगरमा ८३ वटा परीक्षा केन्द्र र ४ हजार ५ सय परीक्षार्थीहरु परीक्षामा सहभागी भएका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस