घोराही, १० चैत्र । प्रदेश नम्बर ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले आर्थिक व्ययभारलाई मध्यजनर गरेर कानुन बनाउन स्थानिय तहहरुलाई सुझाव दिनुभएको छ । घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभालाई आज घोराहीमा सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले जनताले थेग्न सक्ने, चलायमान बनाउन सक्ने र नबाझिने गरी कानुन बनाउन निर्देशन दिनुभएको हो ।
उपमहानगरले दोस्रो नगरसभाबाट आधा दर्जन बिभिन्न बिषयका कानुनहरु पारित गर्ने तयारी गरेको छ । मुख्यमन्त्री पोख्रेलले कानुन बनाउने तर कार्यान्वयनमा समस्या भए राम्रो सन्देश नजाने भन्दै आर्थिक व्ययभारलाई टेकेर र व्यापक छलफलबाट मात्रै कानुन बनाउन निर्देशन दिनुभयो ।
मुख्यमन्त्री पोख्रेलले आफु अधिकतम सहमतिबाट दाङमा स्थायी राजधानी ल्याउने पहलमा रहेको बताउनुभयो । प्रदेशको राजधानी भए बिकास हुने नभए नहुने भन्ने मानशिक्ता नराख्न समेत आग्रह गर्नुभयो । दाङको विकास गर्ने जिम्मा आफुहरुले लिएको भन्दै उहाँले गुरु योजनाबाट मात्रै विकासको सम्भब रहेको बताउनुभयो ।
संघियताको अभ्यासमा तीन वटै तहबाट सरकार सञ्चालन भए पनि प्रदेश र स्थानिय तहहरु जनशक्ति र भौतीक पूर्बाधारको अभाबमा रहेको बताउनुभयो । साथै आफुले केन्द्र सरकार सँग प्रदेश र स्थानिय तहहरुलाई सहजरुपमा सञ्चालन गर्नका लागि आवस्यक जनशक्ति तथा भौतिक संरचनाहरुलाई पूर्णता दिन ध्यानआकर्षण गराएको बताउनुभयो ।
स्थानिय तहहरु एक आपसमा समन्वय र सहयोगी बनेर अघि बढनु पर्नेमा जोड दिदै मुख्यमन्त्री पोख्रेलले अल्पकालिन र दिर्घकालिन योजनाहरुलाई गुरुयोजनामा समाबेश गरेर विकासको मार्गमा अघि बढ्न सुझाब दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस