दाङ, बैशाख २ । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि त्रिभुवननगर जेसिज घोराहीले सप्ताहब्यापी कार्यक्रम सुरु गरेको छ । जेसिजले वर्षकोपहिलो दिन देखि एक साता सम्म विभिन्न कार्यक्रमहरु गरेर सामाजिक सेवा तथा परिवर्तनका लागि काम गर्दै आएको छ । यस वर्ष पनि विभिन्न कार्यक्रमहरु सहित बैशाख १ गते देखि जेसिज सप्ताह सुरु भएको हो ।सप्ताहको पहिलो दिन प्रभातफेरी, सप्ताहब्यापी कार्यक्रमको उद्घाटन र नयाँ वर्षको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । मोटरसाईकलमा सहभागी भएका युवाहरुले बजार परिक्रमा गरेका थिए । सचिबालयबाट सुरु भएको प्रभातफेरी तुलसीपुर चौक हुदै दामोदर चौक, पार्क, सैनिक ब्यारेक, नयाँ बजार, ट्राफिक चौक, भरतपुर रोड, भिंग्रेली चौकबाट घुमेर फेरि सचिबालयमा आईपुगेको थियो ।
साथै शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै विभिन्न क्षेत्रका ब्यक्तिहरुले सामाजिक विकास र परिवर्तनका लागि युवाहरुको भुमिका महत्वपुुर्ण रहेको बताएका थिए । त्रिभुवननगर जेसिजका अध्यक्ष लालमणि भण्डारीका अध्यक्षता तथा पुर्वसांसद राजु खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रम संयोजक बसन्तराज अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिब बुद्धिप्रकाश शर्माले गर्नुभएको थियो भने सप्ताह ब्यापी कार्यक्रमको बारेमा मुल कार्यक्रम संयोजक मिनराज भाटले जानकारी दिनुभएको थियो ।
सप्ताहब्यापी कार्यक्रमको दोस्रो दिन रक्तदान कार्यक्रम भएको छ । विभिन्न क्षेत्रका २१ जना ब्यक्तिहरुले रक्तदान गरेका थिए । अध्यक्ष लालमणि भण्डारीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी घोराही शाखाका सभापति थम्मन चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । ब्लड बैंक घोराहीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा कार्यक्रम संयोजक नवीन अभिलाषीले स्वागत मन्तब्य राख्नुभएको थियो


