तुलसीपुर, ८ वैशाख । तुलसीपुरमा रहेको ज्ञानदीप कलेजका विद्यार्थीहरुलाई कानुनी जानकारी दिइएको छ । कानुनका विषयमा आम विद्यार्थीहरुले जानकारी पाउन् भन्नका लागि उच्च अदालत तुलसीपुरले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले कानुनको परिपालनामा हरेक नागरिकले सजगता अपनाउनुपर्ने कुरामा जोड दिएका थिए । कानुनभन्दा माथि कोही पनि नहुने भएकाले कसैले पनि कानुनको उपेक्षा गर्न नहुने उनीहरुको तर्क थियो ।
कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठले नागरिक र अदालतका बीचमा रहेको दुरी अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले नागरिहरुले कानुनी प्रक्रिया र मौलिक हकका बारेमा जानकारी पाउन नसक्दा सास्ती पाउनु परेको समेत बताउनुभयो । “अदालतका काम कारवाही सधैँ जनताका पक्षमा हुन्छ, अदालतले समाजमा रहेका अपराधीहरुलाई कारवाही गरेर शान्ति स्थापना गर्ने हो ” श्रेष्ठले भन्नुभयो ।
कार्यक्रममा संविधानमा उल्लेख गरिएका मौलिक हक र अधिकार, अदालती प्रक्रिया, कानुनमा भएका विभिन्न व्यवस्था र अदालतको सेवा प्रवाहका बारेमा न्यायाधीश महेश शर्मा पौडेल, नित्यानन्द पाण्डे, सुदर्शनदेव भट्ट, रामबहादुर थापा, वैतानिक कानुन व्यवसायी सुनिल धिताल, उच्च अदालत बार इकाइ तुलसीपुरका प्रतिनिधि अधिवक्ता मोहन धिताललगायतले जानकारी दिनुभएको थियो । कार्यक्रममा ज्ञानदीप कलेजका सहायक कलेज प्रमुख मनोजकुमार केसीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा संविधानमा उल्लेख गरिएका मौलिक हक र अधिकार, अदालती प्रक्रिया, कानुनमा भएका विभिन्न व्यवस्था र अदालतको सेवा प्रवाहका बारेमा न्यायाधीश महेश शर्मा पौडेल, नित्यानन्द पाण्डे, सुदर्शनदेव भट्ट, रामबहादुर थापा, वैतानिक कानुन व्यवसायी सुनिल धिताल, उच्च अदालत बार इकाइ तुलसीपुरका प्रतिनिधि अधिवक्ता मोहन धिताललगायतले जानकारी दिनुभएको थियो । कार्यक्रममा ज्ञानदीप कलेजका सहायक कलेज प्रमुख मनोजकुमार केसीले स्वागत गर्नुभएको थियो ।उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निमित्त रजिष्ट्रार दिलप्रसाद सापकोटाले गर्नुभएको थियो ।












