घोराही, ९ वैशाख । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज ६९ वर्ष प्रवेश गरेको छ । कम्युनिष्ट पार्टीले आजको दिनलाई स्थापना दिवसका रुपमा मनाउने गर्दछन् । तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो ।
उहाँले नै कम्युनिष्ट पार्टीको घोषणा पत्रलाई नेपाली भाषामा पहिलोपटक अनुवाद गरी तयार गर्नुभएको थियो । सुरुमा एउटै नाममा रहेको कम्युनिष्ट पार्टीहरु सिद्धान्ततः मार्क्सवाद र लेलिनवादमा विश्वास गर्ने भए पनि कार्यशैलीगत र विचारधारागत मतभेदका कारण कम्युनिष्ट पार्टीको विभाजन हुँदै आएको छ ।
स्थापना दिवसका अवसरमा नेकपा एमाले दाङ जिल्ला कमिटीले आज घोराहीमा एक छलफल कार्यक्रम सम्पन्न गरेको छ । एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काको अध्यक्षता एवं पार्टीका केन्द्रीय सचेतक शान्ता चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कम्युनिष्टको मूलभुत सिद्धान्तलाई भुल्न नहुनेमा जोड दिएका छन् ।
वर्तमान अवस्थामा जनताको जनमतको सम्मानमा देशको विकास र समृद्धिमा कम्युनिष्ट पार्टीहरुलाई चुनौति र अवसर रहेको वक्ताहरुको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथि शान्ता चौधरीले कम्युनिष्टको मर्मलाई अनुशरण गर्दै वर्तमान जनअपेक्षालाई पूरा गर्नुपर्ने दायित्व रहेको बताउनुभयो ।
कम्युनिष्टहरु अब टुटफुट नभई एकतामार्फत देश र जनतालाई समृद्ध बनाउने अभियानमा लाग्नुपर्नेमा सचेतक चौधरीले जोड दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस