घोराही, १४ वैशाख । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा विमानस्थल निर्माणका लागि केन्द्रीय सरकारसँग समन्वयको कार्य थालेको छ । नगर क्षेत्रमा तत्कालका लागि प्रदेशस्तरको र भावि अन्तराष्ट्रियस्तरको विमानस्थल बनाउन सकिने गरी केन्द्रीय सरकारसँग समन्वयको कार्य अघि बढेको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

नगर प्रमुख चौधरी, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल, सांसद सुजिता शाक्यसहितो टोलीले केन्द्रीय सरकारका पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारीसहित विभागका महानिर्देशक र प्राविधिकहरुसँग छलफल भएको छ । टोलीले प्रधानमन्त्री केपी शर्मा वलीसम्म विमानस्थल निर्माणका लागि कुरा पुर्‍याएको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो । सकेसम्म आगामी आर्थिक वर्षका लागि केन्द्रीय सरकारले ल्याउने नीति कार्यक्रम र बजेटमा दाङको घोराही नगर क्षेत्रमा विमान स्थल निर्माणको योजना ल्याइने पर्यटनमन्त्री रविन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।

घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न बजेट समेत विनियोजन गरेको छ । पर्यटन मन्त्री अधिकारी, मुख्यमन्त्री पोख्रेल, नगर प्रमुख चौधरी लगाएत मन्त्रालय डिजी सहितको छलफलमा घोराही उपमहानगरपालिकालाई जग्गा उपलब्ध गराउन सहजिकरण गर्ने जिम्मा दिईएको छ ।

अब घोराही उपमहानगरपालिकाले सम्भाव्य स्थानहरुको खोजी र पहिचान गरेर कामलाई केन्द्र सरकारको समन्वयमा अघि बढाउने नगर प्रमुख चौधरीले बताउनुभयो । तत्कालका लागि डोमेष्टीक विमान आउने विमान स्थलको निर्माण गर्ने गरी छलफल अघि बढेको छ नगर प्रमुख चौधरीले भन्नुभयो,— तर हामीले जग्गाको व्यवस्थापन गर्दा भोलीका दिनमा उक्त विमान स्थललाई अन्तराष्ट्रिय स्तरको बनाउने गरी पूर्वाधारको खोजी र तयारी हुने छ ।

अब लगत्तै जिल्ला मालपोत र नापि शाखालाई विमान स्थल बनाउन सकिने गुठी र ऐलानी जग्गाको खोजी गर्न लगाउने तयारी भएको प्रमुख चौधरीको भनाई छ । विभिन्न बिकासका योजनाहरु लिएर काठमाडौमा रहनुभएका नगर प्रमुख चौधरीले भन्नुभयो, — आगामी आर्थिक बर्षका लागि केन्द्र सरकारले ल्याउने निति कार्यक्रम तथा बजेटमै घोराहीको नगर क्षेत्रमा बिमान स्थलको घोषणा गर्ने गरी बचन पाएका छौ । यदि त्यसो हुन नसकेपनि पर्यटन मन्त्रालयबाट विमान स्थल निर्माणको प्रकृयालाई अघि बढाउने मन्त्री अधिकारीले भन्नुभएको छ नगर प्रमुख चौधरीले भन्नुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस