????????????????????????????????????
घोराही, ३० वैशाख । नीति तथा कार्यक्रममा सडक सञ्जाललाई बलियो बनाउने योजना ल्याएको घोराही उपमहानगरपालिकाले दश महिनामा १८ किलोमिटर सडकमा कालोपत्रे गरेको छ । उपमहानगरले बजार क्षेत्रमा कालोपत्रे र ग्रामीण क्षेत्रमा सडक खन्ने कामलाई तिब्रता दिएको छ । चालु आर्थिक वर्षमा उपमहानगर र सघन सहरी विकासको तर्फबाट सडक कालोपत्रे गर्ने काम तीब्र गतिमा भैरहेको छ ।
बजार क्षेत्रसँगै जोडिएका भित्री बस्तीका सडकहरुमा यतिबेला धमाधम कालोपत्रे हुने क्रम चलिरहेको छ । उपमहानगरपालिका र उपभोक्ताको संयुक्त लगानीमा सडक कालोपत्रे गर्ने काम जारी छ । धुलाम्य सडकमा कालोपत्रे गर्ने र उप्किएका ठाउँहरुमा मर्मत गरेर सुधार्ने काम भैरहेको उपमहानगरका प्रवक्ता भरत अर्यालले जानकारी दिनुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ९, १०, ११, १४, १५, १६, १७ र १८ लगायतका वडाहरुका बजार जोडिएका भित्री सडकहरुमा अहिले धमाधम कालोपत्रे गर्ने काम जारी रहेको छ ।
अहिले घोराही उपमहानगरपालिकाभित्र करिब १८ किलो मिटर सडक कालोपत्रे भएको छ । जनप्रतिनिधिहरुले ल्याएको नीति तथा कार्यक्रममा सडकलाई प्राथमिकता दिएअनुसार चालु आर्थिक वर्षको १० महिनामा करिब १८ किलो मिटर सडक कालोपत्रे भएको उपमहानगरका इन्जिनियर रामधन श्रेष्ठले बताउनुभयो । शहरी क्षेत्रमा अधिकांश सडकहरु कालोपत्रे भैसकेका छन् उहाँले भन्नुभयो,— बजारमै रहेका टुक्राटाक्री सडकहरुलाई पनि कालो पत्रे गरिएको र सडकको गुणस्तर बलियो भए मात्रै सुन्दरता र सहजता हुने छ’ ।
उपमहानगरले सडक कालोपत्रे गर्नका लागि उपभोक्ताको लागतसहित करिब पाँच करोड रुपैयाँ बजेट तर्जुमा गरेको थियो । सडक निर्माण गर्दा स्थानीयले अवस्था हेरी पाँच प्रतिशत देखि ३० प्रतिशतसम्म रकम लगानी गर्नुपर्ने इन्जीनियर श्रेष्ठको भनाइ छ । आधा दर्जन बढी वडा कार्यालयहरुले ३१ वटा सडकलाई कालो पत्रेगर्ने काम गरिरहेका छन् । अहिले वजार तथा ग्रामिण क्षेत्रका पक्की करिव तीन किलो मिटर सडक मर्मत गर्ने काम भएको इन्जीनियर श्रेष्ठले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिका क्षेत्रमा तत्कालिन नगरपालिकाको तथ्याङ्क अनुसार करिव ६० किलोमिटर पक्की सडक रहेको छ । सडक कालोपत्रे गर्नका लागि स्थानियको लागत सहभागिताले सडक बलियो र छिटो काम हुने गरेको नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । जनताको लागत सहभागितामा काम हुने जनताले नै आफ्नो अपनत्व हुने गरेपछि सडक बलियो र काम छिटो भएको उहाँले भन्नुभयो,— बजारका नजिकका गाउँहरुमा पिच भएको छ यसले पनि जनता निकै उत्साहित भएका छन् । पहिले सडक बलियो भए मात्रै अन्य क्षेत्रको पूर्रवाधार विकास हुन्छ भन्ने हाम्रो बुझाइ हो,— सडक भए मात्रै विकास निर्माणका समाग्री सहजै पुर्याउन सकिने र नागरिकहरुलाई पनि सहज हुन्छ । स्थानीय सरकारले सडकको गुणस्तर बलियो बनाउनतर्फ ध्यान दिएको प्रति नगरबासी निकै खुसी देखिएका छन् ।
वर्षातमा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा निकै सास्ती खेपेका स्थानीयहरु सडक पिच भएपछि भने खुसी भएका छन् । गाउँगाउँमा कालोपत्रे सडक पुग्न लागेको भन्दै घोराही पनौरामा ईश्वर बिसीले गुणस्तरीयता र दिगोपनमा भने बिषेस ख्याल गर्नुपर्ने बताउनुहुन्छ । अर्को तर्फ गाउँबाट सदरमुकाम जोड्ने सडकहरुको निर्माण पनि तिब्ररुपमा भैरहेको छ । विभिन्न वडा कार्यालयहरुले करिब ३० लाखसम्म रुपैयाँ खर्च गरेर नागरिकहरुको घर आगनमा सडक पु¥याउन काम गरिहेको उपमहानगरले जनाएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस