घोराही, २ जेठ । घोराही उपमहानगरपालिकाले बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराउनेलाई प्रोत्साहन रकम दिएको छ । वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाका कार्यवहाक प्रमुख सीता न्यौपालेले जन्मेको ३५ दिनभित्रै बच्चाको जन्मदर्ता गराउने परिवारलाई जनही ५ सय रुपैयाँ प्रोत्साहन रकम प्रदान गर्नुभएको हो ।
वडा नम्बर १४ मा २ सय १८ बच्चाहरुको तथ्यांक संकलन भए पनि जन्मेको ३५ दिनमा २२ जनाले मात्रै जन्मदर्ता गराएका कारण उनीहरुलाई मात्रै वडा कार्यालयले ५ सय रुपैयाँ पुरस्कार दिएको हो । कार्यक्रममा उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख सीता न्यौपानेले बच्चा जन्मेपछि उसले पाउने अधिकारलाई सुरक्षित गर्नु आमाबुवाको दायित्व भएको बताउनुभयो ।
साथै स्थानीय सरकारका तर्फबाट पनि बालबच्चाका अधिकारलाई समयमै ग्यारेन्टी गर्न आफूहरुले प्रोत्साहन कार्यक्रम ल्याएको बताउनुभयो । बालबच्चाका समयमै जन्मदर्ता नगराउँदा समस्याहरु आउने गरेको भन्दै अभिभावकहरुनै सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस