श्रीराम चौधरी
घोराही, ५ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघले सुनचाँदी व्यवसायी र सुरक्षित कुखुरा तथा दाना व्यवसायीहरुका लागि शनिबार घोराहीमा कर शिक्षा तालिम सम्पन्न गरेको छ ।  संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न तालिममा ८० बढी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

विद्यमान कर प्रणाली, बिल बिजक कसरी जारी गर्ने, भ्याट/पान,  खरिद बिक्री खाता कसरी व्यवस्थित गर्ने लगायतका विषयमा तालिम केन्द्रित रहेको थियो । तालिमको उद्घाटनका अवसरमा संघका पूर्व अध्यक्ष एवं मानार्थ सदस्य रामदयाल गुप्ता, घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेशकुमार पाण्डे, सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका सचिव नीमबहादुर बुढाथोकीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।तालिमको प्रशिक्षकमा  आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत धर्म रोकाय र लेखा परीक्षक थम्मन अधिकारी रहनुभएको थियो । संघले अभियानका रुपमा सञ्चालन गर्दै आएको कर शिक्षा तालिममा हालसम्म  तीन सय ४६ बढी व्यवसायीहरुलाई तालिम प्रदान गरिसकेको छ । तालिमको उद्घाटन समारोहको सहजीकरण संघका महासचिव नरेश कार्की र सचिव मायाकुमारी पोख्रेलले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस