तुलसीपुर, ११ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष भूपबहादुर केसीले देशको समृद्धिका लागि बालबालिकामा लगानी गर्नुपर्ने बताउनुभएको छ । वडा कार्यालयले आयोजना गरेको बालअधिकार तथा बालमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष केसीले बालबालिकाहरुमा आज गरिएको लगानी नै भोलिका लागि देशको समृद्धिको आधार भएको बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै वडा नं. १७ का अध्यक्ष थलराज पुरीले सरकारले बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि तुलसीपुर उपमहानगरपालिकाले लगानी गरिरहेको बताउनुभयो । बालबालिकाको बृहत्तर हितमा आफूहरुले विभिन्न कार्यक्रमहरु तय गरेको बताउँदै उहाँले यसको नतिजा अबका केही वर्षमै देखिने बताउनुभयो ।अभिमुखीकरण कार्यक्रममा बालअधिकार, बालबालिकासम्बन्धी संवैधानिक तथा नीतिगत व्यवस्था, बालमैत्री स्थानीय शासनको अवधारणा, अबलम्बन प्रक्रिया र खुड्किलाहरु, बालमैत्री स्थानीय शासनका सूचकहरु, बालमैत्री घोषणा प्रक्रिया तथा तयारीहरु लगायतका विषयमा अभिमुखीकरण दिइने आयोजकले जनाएको छ । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का २५ बढी व्यक्तिहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा जे.एन. सागर र किरण गौतम रहनुभएको छ । कार्यक्रमको उद्घाटनसत्रको सञ्चालन वडा नं. १६ का सचिव राजेन्द्र केसीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस