घोराही, ११ जेठ । नेपाल पत्रकार महासंघ दाङले दुईजना पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । पत्रकार महासंघको प्रतिभा छनोट समितिले पुरस्कारका लागि २ जना पत्रकार प्रतिभाहरुहरुलाई छनोट गरेको हो ।
जसमा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य अजयदीप शर्मा र चिन्तामणी–जमुना स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार देवेन्द्र बस्नेतलाई प्रदान गरिने छ । उहाँहरुलाई जेठ १३ गते कृष्ण सेन ईच्छुक स्मृति दिवशको अवसवरमा आयोजित कार्यक्रममा पुरस्कृत गरिने छ ।
पत्रकार महासंघका अध्यक्ष सविन प्रीयासन संयोजक तथा उपाध्यक्ष लीला शाह र सचिव भुपेन्द्र वली सदस्य रहेको प्रतिभा छनोट समितिको शुक्रवार बसेको बैठकले शर्मा र बस्नेतलाई सम्मान गर्ने निर्णय गरेको हो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस