घोराही, ११ जेठ । रजमती थापा उमेरले ७९ बर्ष पुग्नुभयो । ५ वटा बालबच्चा जन्माउनुभयो । गर्भअवस्थामा उचित स्याहार र ध्यान नपुग्दा उहाँको स्वास्थ्य नाजुक बन्यो । ९/१० वर्षदेखि उहाँले पेटको समस्या बोकेर बिभिन्न अस्पताल धाउँदै हुनुहुन्छ ।
घोराही उपमहानगरपालिका ८ निवासी रजमतीलाई पाठेघरको समस्याले ग्रसित बनाएको छ । ‘दर्जनौ अस्पतालहरुमा पुगेँ तर निको नै हुँदैन, कस्तो रोग लागेछ?’ रजमतीले भन्नुभयो । तल्लोपेट दुख्ने मात्रै अनुभव छ उहाँलाई तर भित्र कति असर पुगेका छ भन्ने अझै पत्तो लागेको छैन् । ‘५ वटा छोराछोरी जन्माएँ’ उहाँले भन्नुभयो ‘गर्भअवस्थामा ख्याल नपुर्याउँदा त अहिले समस्या आएको होला । जहाँ गयो डाक्टरले एक थोक भन्नुहुन्छ र औषधि दिनुहुन्छ औषधीको पोकाहरु थुप्रै ल्याएँ तर निको नै हुँदैन ।’
घोराही उपमहानगरपालिका वडा नम्बर ८ ले मर्पामा आयोजना गरेको स्वास्थ्य शिविरमा आउनुभएकी रजमतीले फेरि पनि रोग डाक्टरलाई देखाउनुभयो । रजमती मात्रै हैन कलिलो उमेरकी तिलसरी नेपालीलाई पनि पेटकै समस्या रहेको छ । ‘वर्षौदेखि पेट दुख्न थालेको हो’ तिलसरीले भन्नुभयो ‘निको नै नहुने कस्तो रोग रैछ । दर्जनौँ पटक भिडियो एक्सरे गराएर औषधि खाएँ तर निको नै हुँदैन ।’ ४३ वर्षीया तिलसरीले अस्पताल पुगेर औषधि खाँदा खाँदा थाकिसकेको बताउनुभयो ।
घोराही उपमहानगरपालिका वडा नम्बर ८ ले मर्पामा आयोजना गरेको स्वास्थ्य शिविरमा आउनुभएकी रजमतीले फेरि पनि रोग डाक्टरलाई देखाउनुभयो । रजमती मात्रै हैन कलिलो उमेरकी तिलसरी नेपालीलाई पनि पेटकै समस्या रहेको छ । ‘वर्षौदेखि पेट दुख्न थालेको हो’ तिलसरीले भन्नुभयो ‘निको नै नहुने कस्तो रोग रैछ । दर्जनौँ पटक भिडियो एक्सरे गराएर औषधि खाएँ तर निको नै हुँदैन ।’ ४३ वर्षीया तिलसरीले अस्पताल पुगेर औषधि खाँदा खाँदा थाकिसकेको बताउनुभयो ।ढिकपुर सेवारकी ८० बर्षिया पूर्णकुमारी रावतको समस्या पनि उस्तै छ । ७ सन्तानकी आमा पूर्णकुमारीलाई ढाड, छाती र पेट दुख्ने समस्याले आजित बनाएको छ । ‘औषधी खाइखाइ मर्ने भइन्छ कि क्या हो भन्ने लागेको छ अब त’ उहाँले भन्नुभयो ‘औषधी पोको पारेर लग्यो ठीक हुँदैन । शिविरमा आएका अधिकांश महिलाहरुको पेटकै समस्या बढी देखिएको डा. अनुपमा शर्माले बताउनुभयो । महिलाले आफ्नो स्वास्थ्यको ख्याल राम्रोसँग नगर्दा यस्ता समस्याहरु आउने उहाँले बताउनुभयो— ‘गर्भावस्था मात्रै हैन अन्य बेलामा पनि महिलाहरुले आफ्नो शरीरलाई मारेर काम गर्ने गरेको देखिन्छ र यसको असरहरु जटिल देखिन्छ ।’ शिविरमा आएका युवायुवतीदेखि एक सय वर्षसम्मका जेष्ठ नागरिकहरु समेत उपचारमा पुगेका छन् ।
घोराही उपमहानगरपालिकाले अघि सारेको जेष्ठ नागरिकहरुलाई गाउँमै उपचार सेवालाई निरन्तरता दिँदै वडा नम्बर ८ को कार्यालयमा शिविरको आयोजना गरेर उपचार गरिएको हो । आयुर्वेद डा. नागेश्वर मिश्र, प्रसूति रोग विशेषज्ञ डा. अनुपमा शर्मा र एलोपेथिक डा. रविन चन्दले शिविरमा आएका नागरिकहरुको उपचार गर्नुभएको छ ।












