घोराही, २८ फागुन । जिल्लास्थित सरकारी कार्यालयको अर्धवार्षिक प्रगति समीक्षा गरिएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा घोराहीमा भएको कार्यक्रममा विभिन्न डेढ दर्जन सरकारी कार्यालयले पहिलो अर्धवार्षिक प्रगतिको समीक्षा गरेका हुन् ।

जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपालीको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, सडक डिभिजन, जिल्ला पशु सेवा, जिल्ला कृषि विकास, प्रधानमन्त्री कृषि कार्यक्रम (सुपरजोन), जलउत्पन्न प्रकोप नियन्त्रण, भूसंरक्षण, प्रगन्ना/बड्कापथ व्यवस्थापन, सिंचाई, जनताको तटबन्धन, खानेपानी डिभिजन, विद्युत प्राधिकरण घोराही, महिला बालबालिका कार्यालय, घरेलु तथा साना उद्योगलगायतका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले विषयगत कार्यालयको भौतिक एवं बित्तीय प्रगतिका विषयमा जानकारी गराएका थिए ।

सो अवसरमा बोल्दै कार्यालय प्रमुखहरुले कतै बजेट अभाव त कतै कर्मचारी अभावले कार्यप्रगतिमा समस्या आएको बताएका थिए । कार्यालयको प्रस्तुतिका आधारमा जिल्लामा हाल विषयगत कार्यालयको बजेटमा ३५ देखि ४० प्रतिशतसम्म खर्च भएको अनुमान गरिएको छ ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस