काठमाडौँ, ३ चैत्र । इम्प्रेसन नेपालको ५ नम्बर प्रदेशको संयोजकमा दाङका किरण गौतम चयन हुनुभएको छ । इम्प्रेसन नेपालको पहिलो बैठकले गौतमलाई संयोजकमा चयन गरेको हो ।

शनिबार काठमाडौँमा भएको बैठकले अन्य सबै प्रदेशका संयोजक समेत चयन गरेको छ । प्रदेश नं. १ को संयोजकमा दुर्गा पौडेल, प्रदेश नं. २ को संयोजकमा जनक लम्साल, प्रदेश नं. ३ को संयोजकमा सुमन गौतम, प्रदेश नं. ४ को संयोजकमा गुणनिधि पाण्डे, प्रदेश नं. ६ को संयोजकमा तेजप्रकाश जिसीलाई चयन गरेको छ । साथै तत्कालका लागि ७ नं. प्रदेशको जिम्मेवारीसमेत जिसीलाई नै दिइएको छ ।त्यसैगरी बैठकले विभिन्न विभागसमेत गठन गरेको छ । जसअन्तर्गत संगठन विभाग प्रमुखमा महासचिव सुरज अधिकारी, आर्थिक विभाग प्रमुखमा विष्णु कुँवर, श्रमसम्बद्ध विभाग प्रमुख विष्णु बन्जारा, शिक्षा विभाग प्रमुखमा गुणनिधि पाण्डेलाई जिम्मेवारी दिएको छ । त्यसैगरी युवा सम्मेलनको संयोजकमा विष्णु फुयाँल र महिला सम्मेलनको संयोजकको रमा सुवेदीलाई दिइएको छ । साथै बैठकले ईश्वरीप्रसाद शर्मा र चन्द्रविराज भुर्तेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

बैठकले संगठन विस्तार एवं प्रचारप्रसारलाई तीब्रता दिने निर्णय समेत गरेको छ । संगठनले विशेष अभियान अन्तर्गत देशका सातवटै प्रदेशमा प्रशिक्षण, क्षमता अभिबृद्धि, श्रम ऐन तथा सामाजिक सुरक्षा ऐनसम्बन्धी कार्यक्रमहरु गर्ने निर्णय समेत गरेको छ ।

नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन तथा युनियन अफ आई.सी.टीं प्रोफेसनल्सबीचको एकता अधिवेशन पछि बनेको इम्प्रेसन नेपालको सपथग्रहण तथा पदभार हस्तान्तरण समारोह समेत आजै सम्पन्न भएको थियो ।

बैठक इम्प्रेसन नेपालका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षता एवं जिफन्टका महासचिव विष्णु लम्सालको प्रमुख आतिथ्यता तथा इम्प्रेसन नेपालका प्रतिनिधि परिषद् प्रमुख रोमकान्त पाण्डेको आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का महासचिव विष्णु लम्सालले मजदुरहरुका पक्षका दत्तचित्तका साथ काम गर्न निर्देशन दिनुभएको थियो । संगठनले संख्यात्मकभन्दा पनि गुणात्मकतातर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस