घोराही, ७ चैत्र । दाङको घोराही उपमहानगरपालिकाले जेष्ठ नागरिक दिवा मिलन केन्द्र स्थापनाका लागि प्रकृया अघि बढाएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा आज बसेको बैठकले जेष्ठ नागरिकका लागि नगरस्तरीय दिवा मिलन केन्द्र स्थापनाका लागि आवस्यक कार्यक्रम र गतिविधि तर्जुमाका लागि एक समिति गठन गरेको छ ।
समितिको संयोजकमा पुरुषोत्तम खनाल, कोषाध्यक्षमा ललिता केसी र सचिवमा पद्मप्रसाद शर्मा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा खगराज न्यौपाने, केशव मजगैयाँ, नारायणप्रसाद शर्मा र दधिराम खनाल रहनुभएको छ ।
समितिको सल्लाहकारमा नारायणप्रसाद शर्मा रहनुभएको छ । नगरस्तरीय जेष्ठ नागरिक दिवा मिलन केन्द्र स्थापनाका लागि घोराही उपमहानगरपालिकाले ५ लाख रुपैयाँ समेत बजेट बिनियोजन गरेको छ ।
सो समितिले कहाँ केन्द्र स्थापना गर्ने र के के वस्तुहरु त्यहाँ राख्ने भन्ने बारेमा योजना तयार गर्ने जिम्मा पाएको छ । जेष्ठ नागरिकहरुको नियमित भेटघाट, गफगाफ, अनुभव साटासाट, ज्ञान तथा अनुभवहरु प्रदान गर्ने गरि मिलन केन्द्रको स्थापना गर्न थालिएको हो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस