घोराही, १० चैत्र । तुलसीपुर उपमहानगरपालिका १५ कोठरीमा निर्माण गरिएको दुर्गामाता मन्दिरको उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका १४ र १५ का जनप्रतिनीधि र अस्थायी प्रहरी पोष्ट कोठरीको सहयोगमा मन्दिर निर्माण गरिएको हो ।
मन्दिर निर्माणका लागि तीन लाख खर्च भएको अस्थायी प्रहरी पोष्ट कोठरीले जनाएको छ । मन्दिर निर्माणका लागि दुई वडा कार्यालयले एक लाख पचास हजारका दरले आर्थिक सहयोग गरेका थिए ।
मन्दिर ब्यबस्थापन समितिले जानकारीमन्दिरको आज जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंहले उद्घाटन गर्नुभएको थियो । मन्दिर निर्माणका लागि तुलसीपुर-१४ का वडाध्यक्ष पर्शुनारायण चौधरी र १५ का वडाध्यक्ष लक्ष्मण चौधरी तथा अस्थायी प्रहरी पोष्ट कोठरीका प्रहरी सहायक निरिक्षक धर्मबहादुर चन्दले मन्दिर निर्माण गर्नुभएको थियो ।

प्रहरी सहायक निरिक्षक चन्दको अध्यक्षतामा तथा प्रहरी प्रमुख सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रहरी प्रमुख सिंहले प्रहरी र नागरिकको सहकार्यमा शान्ति सुरक्षा कायम गर्न सकिने बताएका थिए । स्थानीय बन्धुलाल चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यपालिका सदस्य जानका रेग्मीले गर्नुभएको थियो ।

