घोराही, १९ चैत्र । घोराही उपमहानगरपालिकाभित्र घरधनीले डेरागरी बस्नेहरुसँग मनपरी घर भाडा असुल्ने तर घरबहाल कर भने न्यूनले मात्रै बुझाउने गरेको पाइएको छ । घोराही उपमहानगरपालिकामा करिब १० देखि १५ प्रतिशत घरधनीले मात्र घरबहाल कर बुझाउने गरेको घोराही उमहानगरपालिका कर शाखाका प्रमुख बासुदेव पोख्रेलले जानकारी दिनुभयो ।

रेडियो मध्यपश्चिमसँग कुरा गर्दै कर शाखा प्रमुख पोख्रेलले उपमहानगरपालिकाको बजार क्षेत्रमा करिब ११ हजार घर संख्या भए पनि थोरै घरधनीले मात्रै सरकारलाई घरबहाल कर बुझाउने गरेको बताउनुभयो ।

घोराहीमा मात्रै घरबहाल कर घरधनीले नबुझाउँदा सरकारलाई वर्षेनी करोडौँको कर छलि गरेका छन् । घरबहाल कर बुझाउने घरधनीले डेरा गरी बस्नेसँग मनपरी असुल्ने तर सम्झौता थोरैमा भएको भन्दै कर पनि थोरै तिर्ने गरेको उहाँको भनाइ छ ।

घोराही उपमहानगरपालिकाले घर बहाल करसम्बन्धी नयाँ नीति बनाउन लागेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभएको छ । अब बन्ने घरबहाल कर सम्बन्धी नीतिले कर नतिर्ने घरधनीलाई कानुको दायरामा ल्याउने समेत उहाँले उल्लेख गर्नुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस