घोराही, १९ चैत । घोराहीमा जारी धनलक्ष्मी महायज्ञमा प्रहरीले दुर्व्यवहार गरेको आयोजकले जनाएको छ । आइतबार साँझ आरतिको समयमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लालबहादुर रावतले जवरजस्ती धार्मीक कार्य विथोल्ने प्रयास गरेको आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

मादक पदार्थ सेवन गरी आएका प्रहरीले भक्तजनहरुसहित आरति तथा भजनकृतनको कामलाई विथोल्न माइक, साउण्ड सिस्टम बन्द गरिदिएको आयोजक तथा मानवअधिकार एवं सरोकार मञ्चका अध्यक्ष वासुदेव रिजालले जानकारी दिनुभयो ।

९४ प्रतिशत हिन्दू आस्था रहेको क्षेत्रमा धार्मिक अनुष्ठान गर्दा प्रहरीले नै विथोल्न खोज्नुले प्रहरी प्रशासनको रबैया प्रष्टिएको अध्यक्ष रिजालले बताउनुभयो । साथै उहाँले यस्ता गतिविधि नदोहोर्‍याउन सम्वन्धित निकायलाई आग्रह समेत गर्नुभयो ।

यसैगरी महायज्ञमा सहभागिताका लागि आम घोराहीबासीमा अनुरोध समेत गरिएको छ । अपाङ्गमैत्री भवन तथा पुनर्स्थापना केन्द्र स्थापनाका लागि सुरु भएको महायज्ञमा सोमबारसम्म २ लाख ९१ हजार ५ सय ८३ रुपैया संकलन भएको आयोजकले जानकारी दिएको छ ।

सोमबार केशव कुमार शर्मा र इश्वरीप्रसाद शर्माले २१/२१ हजार रुपैयाँ दान गर्नुभएको छ भने शिव घर्ती, सुधा रिजालले जनही ११ हजार १ सय ११ रुपैयाँ दान गर्नुभएको थियो । त्यस्तै तुलादान, नगद, चामल, तेल, तरकारी पनि संकलन भएको आयोजकले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस