तुलसीपुर, २१ चैत । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर अधिवेशन आज देखि सुरु हुँदैछ । अधिबेशनलाई मुख्यन्त्री शंकर पोख्रेलले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

अधिवेशनमा निर्वाचित संघ र प्रदेशका सभासद, राजनीतिक दलका प्रमुख, तुलसीपुर र बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष, र पत्रकारहरुलाई पर्यवेक्षकका रुपमा सहभागी गराइने भएको छ ।

अधिवेशनमा उत्कृष्ट जनमुखी काम गर्ने वडाका अध्यक्षहरुलाई सम्मान गरिने छ । तुलसीपुर उद्योग बाणिज्य संघको हलमा विहान ११ बजे देखि कार्यक्रम सुरु हुनेछ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस