बिजौरी, २४ चैत । तीनदिने आधारभूत पत्रकारिता तालिम शुक्रबारदेखि हेमन्तपुरमा सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ को आर्थिक सहयोग तथा साक्षी खबर साप्ताहिकको आयोजनामा तीन दिने पत्रकारिता तालिमको सुरु भएको हो ।

साक्षी खबर साप्ताहिकका प्रधानसम्पादक सुनिलकुमार पोख्रेलको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष माधव वलीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि माधव वलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ लाई सञ्चारमैत्री वडाका रुपमा विकास गरिने बताउनुभएको थियो । साथै वडाका हरेक गतिविधि सञ्चारमाध्यमसम्म पहुँच पुर्‍याउनका लागि तालिमको महत्वपूर्ण भूमिका हुने बताउनुभएको थियो ।

तालिममा वडा नम्बर १८ का कक्षा ८, ९ र एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकहरुमा दुर्गालाल केसी, नरेन्द्र केसी, सुशील बस्नेत, सुनिलकुमार पोख्रेल, राकेश बस्नेत र गोकर्ण पौडेल रहनुभएको छ ।

उद्घाटन कार्यक्रममा बस्नेत वंशावली अनुसन्धान तथा उत्थान केन्द्रका उपाध्यक्ष प्रेम बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पत्रिकाका प्रकाशक/सम्पादक राकेश बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सहसम्पादक गोकर्ण पौडेलले गर्नुभएको थियो । तालिममा छात्रभन्दा छात्राहरुको उल्लेख्य सहभागिता रहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस