घोराही, २४ चैत । घोराही उपमहानगरपालिकाको घोराही बजार क्षेत्रमा रहेका छाडा कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को आर्थिक सहयोगमा बजार क्षेत्रमा रहेका भुस्याह कुकुरहरुको बन्ध्याकरण थालिएको हो ।

पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा भुस्याह कुकुर बन्ध्याकरण तथा नियन्त्रण समितिले बजार क्षेत्रमा रहेका भुस्याह कुकुरहरुको बन्ध्याकरण गर्न थालेको हो । भुस्याह कुकुर बन्ध्याकरण, नियन्त्रण तथा व्यवस्थापनका लागि वडा कार्यालयले २ लाख रुपैयाँ विनियोजन गरेको थियो ।भुस्याह कुकुरहरुको संख्या नियन्त्रणका लागि बन्ध्याकरण गर्ने योजनाअनुसार काम सुरु गरिएको समितिका संयोजक अनिलराज सेर्पाइलीले जानकारी दिनुभयो । शुक्रबार पहिलो दिन दुईवटा कुकुरको बन्ध्याकरण गरिएको छ ।

कुकुरको बन्ध्याकरणका लागि पशु सेवा कार्यालयका प्रमुख डा. चन्द्रबहादुर राना र गोविन्द नेपाली रहनुभएको छ । बजार भरी घुमन्ते अवस्थामा देखिने कुकुरहरुले मानिसहरुलाई त्रसित बनाउँदै गएपछि उनीहरुको संख्या नियन्त्रण गर्न बन्ध्याकरण थालिएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस