बिजौरी, २५ चैत । अखिल क्रान्तिकारी जनता विद्यापीठ बिजौरीले तुलसीपुर १८ बिजौरीमा रहेका असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रम गरी शैक्षिक सामग्री वितरण गरिएको हो । असहाय वाल विकास केन्द्र बिजौरीमा बस्दै आएका १३ जना बालबालिकालाई कापी, कलमलगायत शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

अध्यक्ष गणेश चौधरी, केन्द्रीय सदस्य दुर्गा बिक, जिल्ला सहसंयोजक सुवास बस्नेतसहितको टोलीले फलफूल वितरण गरेको हो । यस वर्षको नतिजाअनुसार ती बालबालिकाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै उनीहरुलाई प्रोत्साहनस्वरुप शैक्षिक सामग्री हस्तान्तरण गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।

असहाय बाल बिकास नेपाल बिजौरीका अध्यक्ष बिष्णु चौधरीले बालबालिकालाई सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । यस्तै संघसंस्थाहरुको सहयोगले नै सामाजिक कार्यलाई अगाडि बढाउन प्ररणा मिलेको उहाँले बताउनुभयो । संस्थामा अहिले दाङ, रुकुम, रोल्पालगायतका १३ जना बालबालिका बस्दै आएका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस