नयाँदिल्ली, २७ चैत । मंगलबार बिहान भारतको महाराष्ट्र राज्यको पुने-सतरा राजमार्गमा पर्ने खाम्बत्की घाट भन्ने ठाउँमा भएको ट्रक दुर्घटना परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा ट्रकमा सवार मजदुरहरुको मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा परेका मजदुरहरु ट्रकमा सवार भएर दैनिक मजदुरीका लागि कार्यस्थलतर्फ जाँदै थिए । घाइतेहरुलाई स्थानीय सतरा नागरिक अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
प्रारम्भिक विवरणहरुका अनुसार चालकले नियन्त्रण गुमाएकाले ट्रक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
एजेन्सीको सहयोगमा
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस