घोराही, २९ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले वडा कार्यालयको भवन निर्माण थालेको छ । निर्माण हुन थालेको भवनको आज घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता न्यौपाने र वडा अध्यक्ष लछिनप्रसाद बुढाले संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ ।
सानीअम्बापुरको मुना टोलमा करिब ६७ लाख रुपैयाँको लागतमा चार कोठे भवन निर्माणको काम थालिएको छ । चालु आर्थिक वर्षभित्रै निर्माण सक्नेगरी काम सुरु भएको वडा अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।
शिलान्यासपछि नगर प्रमुख चौधरीले समयमै गुणस्तरीय र बलियो भवन बनाउन आग्रह गर्नुभएको छ । सबै सेवाग्राहीहरुलाई सहज हुनेगरी भवन निर्माण गर्न समेत आग्रह गर्नुभएको छ । साथै नगर प्रमुख चौधरीले अन्य केही वडाहरुको भवन पनि यसै आर्थिक वर्षमा निर्माण हुने गरी तयारी भएको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा सदस्यहरु राजनितिक दल तथा खानेपानीका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । आफ्नै भवन नहुने वडा नम्बर १६ ले सर्रामा घरभाडामा लिएर कार्यालय सञ्चालन गरेको छ ।।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस