घोराही, २९ चैत । प्रेस चौतारी दाङले यस वर्षको योगदान पुरस्कार प्रेस चौतारीका पूर्वअध्यक्ष दुर्गालाल केसीलाई दिने निर्णय गरेको छ । पुरस्कार छनौट समितिको आज बसेको बैठकले १० हजार राशि भएको उक्त पुरस्कार कान्तिपुर दैनिकका उप–सम्पादक समेत रहेका केसीलाई दिने निर्णय गरेको हो ।

यस्तै मदन स्मृति आर्थिक पत्रकारिता पुरस्कार सञ्चार अनलाइनका सम्पादक किरण गौतमलाई, प्रेस चौतारी प्रतिभा पुरस्कार रेडियो प्रकृतिका समाचार सह–सम्पादक वसन्त परियार,  राप्तीपोष्टकी विमला घर्ती र रमा पोख्रेल लाई दिने भएको छ । त्यसैगरी पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले स्थापना गरेको जित स्मृति पत्रकारिता पुरस्कार शिवराज पन्थीलाई, सरिता सुवेदीले स्थापना गरेको हिम साहसिक पत्रकारिता पुरस्कार बालकृष्ण पाण्डेलाई दिने बैठकले निर्णय गरेको छ ।

साथै भोलि घोराहीमा हुन लागेको आठौँ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रेस चौतारी दाङले जनाएको छ । अधिवेशनमा उपस्थितिको लागि जिल्ला अध्यक्ष टीका बस्नेत र सचिव वसन्त विवश आचार्यले सबैमा अनुरोध गर्नुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस