घोराही, २९ चैत । घोराही उपमहानगरपालिकाले यस वर्षको कक्षा ८ को जिल्लास्तरीय परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यस वर्षदेखि स्थानीय सरकारले आफै सञ्चालन गरेको कक्षा ८ को परीक्षाको नतिजा उपमहानगरले बिहीबार सार्वजनिक गरेको हो ।
घोराही उपमहानगरपालिकास्तरीय आधारभूत तहको परीक्षा समितिका अध्यक्ष एवं प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीको अध्यक्षतामा कक्षा ८ को नतिजा सार्वजनिक गरिएको हो । ३९ वटा सरकारी र ४४ वटा निजि विद्यालयबाट परिक्षामा सहभागी भएका ४ हजार ४ सय ६१ जना परीक्षार्थी मध्ये ४ हजार १४ जना पास भएका छन् ।
परीक्षाको नतिजा अक्षरांक (ग्रेड) प्रणालीमा प्रकाशित गरिएको छ । जस अनुसार ‘ए प्लस’मा ९१ जना, ‘ए’ मा ३ सय ७५ जना, ‘बी प्लस’मा ७ सय ३९,   ‘बी’ मा ९ सय ४६, ‘सि प्लस’मा १ हजार १ सय ८७, ‘सि’ मा ४ सय २८, ‘डी प्लस’मा २ सय ४९, ‘डी’ मा ३ सय १६ र ‘इ’ ग्रेड १ सय ३० जनाले लिएको शिक्षा शाखा प्रमुख नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
डि र ई ग्रेड ल्याउने विद्यार्थी ४ सय ४६ जना रहेका छन् भने उनीहरुले कक्षा ९ मा पढ्न नपाउने भएका छन् । तर दुई विषयमा फेल भएकाहरुलाई भने बैशाख १ देखि १२ गते सम्म स्तरबृद्धिका लागि आवेदन दिने व्यवस्था गरिएको शिक्षा शाखाले जनाएको छ ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले शिक्षालाई राम्रो बनाउन शिक्षक, विद्यार्थी र अभिभावकहरु बीचको एकीकृत पहल हुनुपर्नेमा जोड दिनुभयो । शिक्षकले जिम्मेवारी पूरा गर्ने, विद्यार्थी लगनशील भएर पढ्ने र अभिभावकले निगरानी राखे मात्रै पनि शिक्षाको गुणस्तर बढ्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख सीता न्यौपाने, स्रोत व्यक्तिहरु र शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण स्रोत व्यक्ति हुमबहादुर केसीले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस