तुलसीपुर, १ वैशाख । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले नयाँवर्ष २०७५ को अवसरमा सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गरेका छन् ।

विज्ञप्ती जारी गर्दै नगर प्रमुख पाण्डेले नयाँवर्षले हरेक नगरवासीले सोचेका कुरा पूरा होऊन् भन्दै तुलसीपुरलाई समृद्ध नगरका रुपमा विकास गर्नका लागि हरेक नगरवासीमा उत्साहको सञ्चार हो‌ओस् भन्ने कामना समेत गरिएको छ ।

मेयर पाण्डेले विज्ञप्तिमा लेखेका छन् ‘ पुराना कुरा सबै बिर्सिएर नयाँ कुराहरुको सञ्चार गर्ने उत्साह हरेक नगरवासीमा पलाओस् ’ उनले तुलसीपुरलाई नमुना सहरका रुपमा विकास गर्नका लागि नयाँ वर्षले सबैलाई प्रेरणा दिन सकोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन् ।

‘देशलाई आर्थिक समृद्धिको बाटोमो लैजालका लागि नयाँवर्षमा नयाँ खाले कामको सुरुवात हुन सकोस् ’ विज्ञप्तिमा लेखिएको छ । नयाँवर्षलाई नयाँ संकल्पका रुपमा लिनसके त्यसले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउनसक्ने कुरा समेत उनले उल्लेख गरेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस