घोराही, १ वैशाख । प्रेस चौतारी दाङले आठौँ अधिवेशनको अवसरमा ७ जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । चौतारीले यस वर्षको चौतारी योगदान पत्रकारिता पुरस्कार कान्तिपुर राष्ट्रिय दैनिकका उप–सम्पादक दुर्गालाल केसीलाई प्रदान गरेको छ ।
केसीलाई चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतसहित संघीय संसदका सदस्य सुजिता शाक्यले नगद १० हजार राशिसहित सम्मानपत्र प्रदान गर्नुभयो । यस्तै मदन स्मृति आर्थिक पत्रकारिता पुरस्कार सञ्चार अनलाइनका सम्पादक किरण गौतमलाई, प्रेस चौतारी प्रतिभा पुरस्कार रेडियो प्रकृतिका समाचार सह–सम्पादक वसन्त परियार,  राप्तीपोष्टकी विमला घर्ती र रमा पोख्रेललाई प्रदान गरिएको छ ।त्यसैगरी प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले स्थापना गरेको जीत स्मृति पत्रकारिता पुरस्कार शिवराज पन्थीलाई, सरिता सुवेदीले स्थापना गरेको हिम साहसिक पत्रकारिता पुरस्कार बालकृष्ण पाण्डेलाई प्रदान गरियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस