दाङ, ३ वैशाख । आज मातातीर्थ औंसी देशैभर आमाको श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । हरेक वर्षको वैशाख कृष्ण औंसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मातातीर्थ औंसी मनाइन्छ ।

आमाको मुख हेर्ने दिनका रुपमा समेत लिइने यो पर्वमा आमालाई मिठा परिकार, विभिन्न उपहार एवं नयाँ बस्त्रहरु  दिएर सम्मान गर्ने गरिन्छ । आमा गुमाइसकेकाहरुले तर्पण, पिण्ड दान र श्राद्ध गरी आमालाई सम्झने गर्दछन्  ।

आजको दिन घरबाट टाढा रहेकाहरु सम्भव भएसम्म घर जाने, नसके फोनमै भए पनि आमालाई सम्झने गर्दछन् । पछिल्लो समय सामाजिक सञ्जालहरुमा समेत आमासँग खिचिएका फोटाहरु पोष्ट गरी आमाप्रतिको श्रद्धा भाव प्रकट गर्ने क्रम बढेको छ ।

धार्मिक विश्वास अनुसार आमाको तृप्तिका लागि आजको दिनलाई निकै पुण्य पर्व मानिन्छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस