लक्ष्मी केसी
दाङ, ६ वैशाख । त्रिभुवननगर जेसिजले दुर्घटना न्यूनीकरणका लागि आज घोराही ३ चौपट्टामा सचेतनामूलक बोर्ड स्थापना गरेको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ जेसिज सप्ताहको आज छैठौँ दिनको कार्यक्रमअन्तर्गत दाङको घोराही-लमही सडक खण्डमा पर्ने चौपट्टामा एक कार्यक्रमको आयोजना गरी उक्त बोर्ड राखिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला  प्रहरी कार्यलय दाङका निमित्त प्रमुख रामप्रसाद घर्तीले जेसिजले दुर्घटना न्यूनीकरणका लागि गरेको यस कार्यको प्रशंसा गर्नुभयो । दुर्घटना दिनप्रतिदिन बढिरहेको बेला जेसिजले सचेतनामूलक बोर्ड राखेर सामाजिक उत्तरदायित्व समेत बहन गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । कार्यक्रम जिल्ला ट्राफिक कार्यलय दाङका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक उत्तरकुमार जिसीको विशिष्ट आतिथ्यतामा सप्पन्न भएको थियो ।कार्यक्रममा बोल्ने बक्ताहरुले जेसिजले समाज सुधारका लगि गरेका कार्यहरुको सराहना गरेका थिए । हालको यो प्रयास सानो देखिए पनि दुर्घटना न्यूनीकरणका लागि यसको महत्वपूर्ण भूमिका रहने वक्ताहरुले बताएका थिए ।

त्रिभुवननगर जेसिजका अध्यक्ष लालमणि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जेसिज सप्ताहका मुल संयोजक मिनराज भाटले कार्यक्रमको औचित्यबारे जानकारी गराउनु भएको थियो । उपाध्यक्ष प्रदीप सुवेदीले संयोजन गर्नुभएको कार्यक्रममा ट्राफिक सचेतनासहितको ब्यानर घोराहीस्थित न्यू प्रकृति फर्निचरले उपलब्ध गराएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस