लक्ष्मी केसी
दाङ, ६ वैशाख । सिद्ध रत्ननाथ नमुना माध्यमिक विद्यालयले विद्यालय भर्ना कार्यक्रम अन्तर्गत आज अभिभावकसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । “हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधाभूत शिक्षा” भन्ने नाराका साथ सुरु भएको विद्यालय भर्ना कार्यक्रमअन्तर्गत आज घोराही १० जलौरामा अभिभावक र विद्यालयबीच अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अभिभावकहरुले विद्यालय तथा छोराछोरीको पढाइसँग सम्बन्धित विभिन्न समस्याहरु राखेका थिए । विद्यालयका प्रधानाध्यापक टोपबहादुर केसीले आगामी दिनमा कुनै किसिमका समस्याहरु आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै उहाँले विद्यालयमा देखिएका समस्याहरु समाधान गर्न आफू सधैँ लागिरहेको र अभिभावकहरुको सल्लाह, सुझावअनुसार नै विद्यालय अगाडि बढ्ने बताउनुभयो ।आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गर्न अनुरोध गर्दै वडा प्रतिनिधि केशरी  विकले विद्यालयलाई आवश्यक सहयोग गर्न वडा कार्यालय सधैँ तयार रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्ताबहादुर बुढाथोकीले बालबालिकाको पढाइप्रति अभिभावकहरु सधैँ रचेत हुनुपर्ने बताउनुभयो । अभिभावकहरुले बेलाबेलामा विद्यालयमा गएर बालबालिकाको पढाइको अवस्था बुझ्न र सोही अनुसार सुधारका लागि भूमिका निर्वाह गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्ताबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण शिक्षक लक्ष्मी केसीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस