घोराही, १४ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ४ ले बालबालिकालाई विद्यालय पहुँचमा सुनिश्चितता गर्ने भएको छ । वडा कार्यालयले वडाभित्र रहेका चार वटा सामुदायिक विद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापकहरुसँग छलफल गर्दै सबै बालबालिकालाई अनिवार्यरुपमा विद्यालयमा ल्याउने गरी काम गर्ने जानकारी दिएको हो ।

त्यसका लागि वडास्तरका जनप्रतिनिधि, सम्बन्धित विद्यालयका शिक्षक र विद्यार्थीहरु बालबालिकाको अवस्था बुझ्न घरघरमा पुग्ने भएका छन् । आर्थिक अवस्था कमजोर भएका, टुहुरा र अन्य कारणले विद्यालय जान नसकेका बालबालिकाहरुको अवस्था पहिचान गरेर विद्यालयको पहुँचमा ल्याइने वडा अध्यक्ष भीमबहादुर सार्कीले जानकारी दिनुभयो ।

शिक्षाको पहुँचबाट कुनै पनि बालबालिकालाई वञ्चित हुन नदिन वडा कार्यालयले विद्यालय जान नसक्ने अवस्थाका बालबालिकाको तथ्याङ्क सङ्कलन गरेर उनीहरुलाई सहजरुपमा विद्यालय जाने वातावरण बनाइने अध्यक्ष सार्कीले बताउनुभयो ।

साथै वडा कार्यालयले कुनै पनि बालबालिकालाई श्रममा नलगाउन वडाबासीहरुलाई आग्रह गरेको छ । कहीँकतै बालबालिकालाई श्रममा लगाएको पाइए कानुन बमोजिम कार्वाहिका लागि प्रकृया अघि बढाइने समेत वडा कार्यालयले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस