तुलसीपुर, १९ वैशाख । तृलसीपुरमा एक बिरामीको उपचारमा लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तहरुले तनाव सिर्जना गरेका छन् । पेट दुखेर बुधबार तुलसीपुरस्थित ज्योति मेडिकलमा उपचार गर्न गएकी तुलसीपुर ७ कुमाल गाउँकी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि आफन्तले मेडिकल घेराउ गरेका हुन् ।

मेडिकलमा नेपालीलाई डा. प्रकाश नेपालीले दुखाई कम गर्ने औषधि र इन्जेक्सन दिएको र त्यसपछि झनै बिरामी भएपछि थप उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी तुलसीपुरले जनाएको छ । घटनापछि डा. नेपाली र मेडिकल सञ्चालक यम बहादुर धौलाकोटीलाई नियन्त्रणमा लिएको डिएस्पी प्रकाश सापकोटाले बताए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस