घोराही, २२ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा पर्ने सुनकोट डाँडामा खड्गदेवी मन्दिरको भग्नावशेषलाई पुनर्निर्माण गरिने भएको छ । सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मन्दिरको पुनर्निर्माण गर्न लागिएको धारापानी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
पहिले निरन्तर पूजा हुँदै आएको उक्त मन्दिर अहिले संरक्षणको अभावमा भत्किएर भग्नावशेष मात्र रहेको छ । पछिल्लो समयमा धारपानी मन्दिर पर्यटकीय क्षेत्रको रुपमा विकास भैरहेको समयमा धारपानीदेखि सुनकोट मन्दिरसम्म जानका लागि चार हजार नौसय ६३ सिढी बनाइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिनुभयो ।
सरीकोटमा भगवती मन्दिरलाई निर्माण गरी पर्यटकीय भित्र्याउने लक्ष्य लिएको अध्यक्ष अधिकारीको भनाइ छ । मन्दिर निर्माण थालनी गर्नका लागि शनिवार शिलान्यास गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेर मन्दिरको शिलान्यास गरिएको छ । करिव १५ लाख रुपैयाँको लागतमा मन्दिर निर्माण हुनेछ ।
जिल्लाकै ऐतिहासिक स्थलको रुपमा रहेको सुनकोटमा यस अगाडि प्राचिन मन्दिर भए पनि त्यसको भग्नावशेष मात्र थियो । भग्नावशेषलाई सामान्य उत्खनन गरेर नयाँ मन्दिर निर्माण गर्न थालिएको र त्यसको लागि स्थानीय दाताहरुकै सहयोग रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । सन् २०२० साल सम्म मन्दिरमा निरन्तर पूजा हुने गरेको जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले बताउनुभयो ।
पहिले पाण्डवहरुले पूजा गर्ने कि‌वदन्ती रहेको बताइएको छ । निर्माणका लागि दाताहरुबाट करिब आठदेखि १० लाखसम्मको प्रतिबद्धता रहेको निर्माण समितिले बताएको छ । धारपानीदेखि करिब २५ सय मिटरमाथि निर्माण हुन लागेको भगवती मन्दिर तथा सो क्षेत्रको दुई हजार मिटर पश्चिम सरीकोट क्षेत्र रहेको छ ।  सरीकोटमा १९८३ साल सम्म माल अड्डा तथा ३०३४ सालसम्म वस्ती रहेको जानकारी दिइएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस