घोराही, २३ वैशाख । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा शहरी र ग्रामीण क्षेत्र छुट्याएको छ । नगर कार्यपालिकाको बैठकले वडा नम्बर १४ र १५ लाई शहरी र अन्य १७ वटा वडाहरुलाई ग्रामीण क्षेत्र तोक्ने निर्णय गरेको छ ।
नगर क्षेत्रको सबै स्थानमा समान एवं सन्तुलित विकास गर्ने उद्देश्यले शहरी र ग्रामीण क्षेत्र घोषणा गरिएको प्रवक्ता भरत अर्यालले जानकारी दिनुभयो । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले आर्थिक र सामाजिक क्रियाकलाप सञ्चालन गर्ने सरोकारवाला निकायलाई सोही अनुसार कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्ने उद्देश्यले शहरी र ग्रामीण क्षेत्र निर्धारण गरिएको हो ।
साथै बैठकले घोराही उपमहानगरपलिकाअन्तर्गत सञ्चालनमा रहेका तर अनुमति नलिएका विद्यालयहरु र कोचिङ्ग सेन्टरहरु बन्द गराउने निर्णय गरेको छ ।
यसैबीच प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गर्ने नीति तथा कार्यक्रमअनुसार घोराही उपमहानगरपालिकाको वडा नम्बर १४ को केन्द्रमा रहने गरी नगर स्वास्थ्य क्लिनिक स्थापना गर्ने पनि बैठकले निर्णय गरेको छ ।
बैठकले घोराही उपमहानगरपालिका प्रमुखको सचिवालय व्यवस्थापनका लागि रमेशकुमार अधिकारी, अरुणकुमार शर्मा र शिवकुमार आचार्यलाई सल्लाहकारकामा नियुक्त गर्ने निर्णय समेत भएको नगर प्रमुखका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिनुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस