तुलसीपुर, २५ वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ ले वडाका विभिन्न स्थानमा बालविवाह न्युनिकरणसम्बन्धी सडक नाटक प्रदर्शन गरेको छ । वडालाई बालविवाह मुक्त बनाउने अभियानको थालनीस्वरुप सडक नाटक प्रदर्शन गरिएको वडाअध्यक्ष चित्रबहादुर वलीले बताउनुभयो ।

बाल विवाह न्यूनिकरण र लागु पदार्थ दुव्र्यसनको अन्त्यका लागि सचेतनामुलक नाटक वडाका उरहरी चौक, वडा कार्यालय र बेलगनार गरी ३ स्थानमा प्रदर्शन गरिएको नाटकका लेखक तथा निर्देशक घनश्याम गौतमले बताउनुभयो । नाटकमा उमेर नपुग्दै विवाह गर्दा स्वास्थ्यमा हुने असर, व्यक्तित्व विकासमा हुने हानी, मानसिक असर, लागुपदार्थ दुव्र्यसनबाट व्यक्तिमा हुने हानी लगायतका विषयवस्तुहरु समेटिएको निर्देशक गौतमले जानकारी दिनुभयो ।नाटक प्रदर्शन अघि गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मानव अधिकार रक्षक सञ्चाल दाङकी अध्यक्ष सुष्मा गिरीले बालविवाहको नकारात्मक प्रभाव सबैभन्दा बढी महिलाहरुमा देखिने भन्दै यस किसिमको नाटकले चेतनाको विकास गर्नमा ठुलो मद्दत गर्ने बताउनुभयो । सानै उमेरमा बच्चा जन्माउँदा अकालमा आमा र बच्चाको ज्यान जानसक्ने, स्वास्थ्यमा नकारात्मक असर देखिने र सामाजिक रुपमा उनीहरुलाई स्थापित हुन समस्या हुने हुँदा यसको न्युनिकरणका लागि सबै लाग्नुपर्ने उहाँको धारणा थियो ।कार्यक्रमका विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले बालबालिका देशको भविष्य भएको बताउँदै उनीहरुलाई उचित वातावरण दिनुपर्ने बताउनुभयो । बालबालिकाहरुलाई अभिभावकले उचित संरक्षण एवं बालमैत्री वातावरण दिनुपर्ने उहाँले बताउनुभयो । बालबालिकाहरु लागुपदार्थ दुव्र्यसनमा बढी लाग्ने सम्भावना हुने हुँदा उनीहरुलाई त्यसबाट बनाउन विद्यालय घर सबै बालमैत्री हुन जरुरी रहेको उहाँको भनाइ थियो ।वडा अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षता एवं मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुष्मा गिरीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा इप्रका तुलसीपुरका सई रामबहादुर जिसी, वडा सदस्यहरु निरमा चौधरी, सुबास डाँगी, खिमा वि.क., वडा सचिव भुवनेश्वर अधिकारी, अर्जुन चौधरी, लक्ष्मी चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस