घोराही, २६ वैशाख । घोराही उपमहानगरको विकट पहाडी क्षेत्र वडा नम्बर १९ सैघामा रहेको एक विद्यालयमा नेपाली सेनाले दुईकोठे पक्की शौचालय बनाइदिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको भगवती मावि होड्बाङमा रिपमर्दन गण घोराहीले दुईकोठे शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ ।
विद्यालय व्यवस्स्थापन समितिका अध्यक्ष शशिराम गिरीको अध्यक्षता तथा वडाध्यक्ष हर्कबहादुर घर्तीको प्रमुख आतिथ्यतामा शौचालय हस्तान्तरण गरिएको हो । शौचालय वडाध्यक्ष घर्ती र गणका प्रमुख राजन बुढाथोकीले विद्यालयका प्रधानाध्यापक देवीबहादुर घर्तीलाई शौचालयको साँचो हस्तान्तरण गर्नुभएको छ ।
![](https://www.sancharonline.com/wp-content/uploads/2018/05/sauchaly2.jpg)
दुई लाख ८० हजार रुपैयाँको लागतमा शौचालय निर्माण गरिएको निर्माण समितिले जनाएको छ । शौचालय निर्माण पश्चात् विद्यार्थीलाई शौच गर्न सहज भएको प्रधानाध्यापक घर्तीले जानकारी दिनुभयो । साथै शौचालय निर्माण गर्ने रिपुमर्दन गण घोराहीलाई विद्यालय प्रशासनले धन्यावाद ज्ञापन गरेको छ ।
Advertisements
![](https://www.sancharonline.com/wp-content/uploads/2021/06/1-1.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2024/07/Tribeni-Salyan.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2022/03/Darma-Police.jpg)