घोराही, २८ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालय भवनको आज शिल्यान्यास गरिएको छ । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भवनको शिल्यान्यास गर्नुभएको हो ।
भवनको शिल्यान्यास गर्दै मेयर चौधरीले वडा कार्यालयको भवन निर्माणपछि जनतालाई सेवा दिन थप सहज हुने बताउनुभयो । उपमहानगरपालिकाको भ्याट बाहेक ५७ लाख रुपैयाँको लागतमा भवन निर्माण हुन थालेको छ ।
भवन निर्माणको जिम्मा जयमा स्वर्गद्वारी निर्माण सेवाले लिएको छ । तीनवटा कोठा, एउटा हल, शौचालय तथा पर्खालसहितको भवनको निर्माण कार्य आगामी असोजसम्म सम्पन्न हुने निर्माणका कम्पनीका वसन्त कुँवरले जानकारी दिनुभयो ।
भवनको अभावमा अहिले वडा कार्यालय सौँडियारले चार वटा कोठा भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस